निहारिकाले आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोक्यो

काठमाण्डाै

न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ ।

अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो ।

शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउन खोज्दा प्रहरीले रोकेर पक्राउ गरेको थियो । प्रवक्ता मैनालीले भने पक्राउ गरेको नभइ निषेधित क्षेत्र तोड्न खोज्ने व्यक्तिलाई रोकेर अस्पताल लगेको बताउनुभयो ।

निहारिकाले गएको २० गतेदेखि आमरण अनशन सुरु गर्नुभएको हो । वसन्तपुर डबलीमा अनशन बसिरहेकी निहारिकाले आफ्नोhsjdj मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको प्रयास गरेको बताउनुभएको उहाँका सहयोगीहरूले बताएका छन् ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उहाँले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपितलाई पक्राउ गर्न माग राख्नुभएको छ । यसअघि आरोपितलाई जिल्ला अदालत धनुषाले उनीहरूबीच सहमतिमै सम्बन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकालेhej! जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएकोमा त्याे मुद्दाको पेसी सरेको सर्‍यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गर्नुभएको छ ।

यसअघि गएको जेठमा पनि निहारिका आमरण अनशन बस्नुभएकोमा सरकारी पक्षसँग पाँच बुँदे सहमति पछि अनशन तोड्नुभएको थियो ।

तर आफूसँग सरकारले गरेको @@कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज