संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने:शवभोलि सोमबार आफन्तलाई जिम्मा लगाउने

१ माघ, पोखरा ।

यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

पहिचान भएका शवभोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज