कारागारका बन्दीहरुलाई मोबाईल मर्मत तालिम

 

माघ ५, बाग्लुङ
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतको आयोजनामा बाग्लुङ कारागारमा मोबाईल मर्मत तालिम सम्पन्न भएको छ ।
कारागारका बन्दी जीवन विताईरहेका २० जना युवाहरुलाई ३ महिने ३९० घण्टा अर्थात् ७८ कार्यदिन रहेको उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापन समारोहमा बोल्दै प्रमुख अतिथि बाग्लुङका प्रमुख  जिल्ला अधिकारी रमेश ढकालले बन्दी अवस्थामा सीपमूलक तालिम प्राप्त गर्ने कुरा अत्यन्त महत्त्वपूर्ण अवसर भएकाले सिकेको सीपलाई सामान्य अवस्थामा फर्केपछि आय आर्जनमा प्रयोग गर्न सुझाव दिनुभयो । सीप सिक्ने र सिकाउने काम प्रत्यक्ष जीवनसंग जोडिएको हुनाले बन्दी गृहमा यस प्रकारका तालिम प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयको सधैं सकारात्मक भुमिका रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिम केन्द्रका केन्द्र प्रमुख सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कारागार कार्यालयका प्रमुख (जेलर) दिल बहादुर केसीले शुभकामना मन्तब्य राख्नुभएको थियो । उहाँले तालिम केन्द्र मार्फत कार्यालयमा अन्य तालिमहरुको अपेक्षा राखेको भन्दै मोबाइल मर्मत तालिम को ब्यवस्थाका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्पूर्ण सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  प्रशिक्षार्थीहरुले अनुभव मन्तब्य राख्दै सामान्य जीवनमा फर्किएर यही सीपलाई आयआर्जनको माध्यम बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । समारोहमा तालिम केन्द्रका तालिम अधिकृत नवराज शर्माको स्वागत र प्रशिक्षक गणेश पौडेलको सञ्चालन रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज