पर्वत,२६
पर्वतको मोदी गाउँ पालिकाको आयोजनामा हुन लागेको तेस्रो राष्ट्रिय सभा अध्यक्ष कपको बारेमा जानाकारी दिन गाउँपालिकाले पत्रकार सम्मेलन गरेको छ ।
गाउँपालिकाको वार्ड नं. १ भुकमा हुन लागेको कार्यक्रमको बारेमा जानाकारी दिन भएको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हिरा देवि शर्माले राष्ट्रिय सभा अध्यक्ष कपको बिषयमा जानाकारी गराउनुभएको थियो । शर्माका अनुसार कार्यक्रममा अन्तर पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता , खुल्ला महिला भलिवल प्रतियोगिता , पर्वत जिल्ला स्तरीय जनप्रतिनिधि र निजामती कर्मचारी बिच भलिवल प्रतियोगिता हुने बताउनुभएको छ ।त्यस्तै मोदी गाउँपालिका वार्ड स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियोगिता ,खुल्ला एकल नृत्य , खुल्ला म्युजिकल चियर साथै मोदी गाउँपालिका स्तरीय रत्यौली प्रतियोगिता हुने छ ।
फागुन २७ देखि ३० गते सम्म भुक देउराली युवा क्लवको खेलमैदानमा कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रमको उद्धाटन राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले २७गते शनिबार बिहान ११ बजे गर्नुहुने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानाकारी दिनुभयो ।