पर्वत प्रदेश सभा ‘२’ कांङ्ग्रेसका क्षेत्रीय सचिव ठाकुर रसाईलीले पार्टी परित्याग गरेको पत्रमार्फत घोषणा गरेका छन् ।
सानै उमेर देखि हक्की स्वभावका रसाइली १४औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए । रसाईलीले सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसको साधारण सदस्य समेत नरहने गरी आफू पार्टीबाट अलग भएको बताएका छन् ।
उनले लेखेका छन,‘यो परिस्थितिमा मेरो विगत, वर्तमान र भविष्य समेतको समीक्षा एवं मुल्यांकन गर्दा यहि क्रम र गतिले म कुनै पद र भुमिकामा रहिरहन औचित्य नरहेको निष्कर्षका साथ आजैको मितिबाट सचिवको जिम्मेवारी, पार्टीको क्रियाशील र साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको अवगत गराउँदछु ।’
केही दिन अघि मात्रै जिल्ला सभापतिका प्रत्याशि समेत रहेका मिलन पौडेल सगै नेपाली काङ्ग्रेसका ३१ जना युबाहरुले पार्टी छोडेको बताएका थिए ।
पछिल्लो दिनमा युवा पंक्ति माझ विद्यमान भइरहेको चरम निराशा, पार्टी भित्रको गुटबन्दी तथा द्वन्दको रचनात्मक व्यवस्थापन र जनअपेक्षासहितका काम गरी आशा भरोसा दिलाउने सवालमा समेत जिम्मेवार पदमा रहेर पनि केही गर्न नसकिने अवस्था बनेकोले आफूले कांंग्रेस परित्याग गरेको रसाईलीले बताए ।
उनले पत्रमा लेखेका छन,” मेरो यो निर्णयले पार्टीका आम कार्यकर्ता र शुभेच्छुक माझ पर्न जाने असुविधाका लागी क्षमा प्रार्थी छु । अन्य सार्वजनिक जीवनमा सबैसँग सहकार्य रहिरहने प्रतिवद्धता व्यक्त गर्दछु ।”
दिनानुदिन युवाहरूले पार्टी परित्याग गर्नुले अब नेपालको राजनीतिमा प्रमुख मानिएका पार्टीबाट समाजको परिवर्तन हुन कठिन छ भन्ने प्रायःमान्छेको बुझाइ रहेको यो अवस्थाले बुझाएको छ ।