कुश्मा नगर ह्यान्डबल संघ गठन

मिति २०८० मघ १३ गते शंकर पौडेलको अध्यक्षतामा ०९ सदस्यीय कुश्मा नगर ह्यान्डबल संघ गठन भएको छ ।

जिल्ला ह्यान्डबल संघ पर्बतका उपाध्यक्ष ज्ञानेन्द्र कुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद समिति पर्बतका अध्यक्ष हर्कमान गुरुङको प्रमुख आथित्यता, कु.न.पा. ५ का वडा सदस्य गाैतम श्रेष्ठ र गण्डकी प्रदेश ह्यान्डबल संघका महासचिव राजेन्द्र पहाडीको बिशिस्ट आतिथ्यता एवं सिसेफ नेपालका अध्यक्ष दुर्गा बहादुर बस्याल, कुश्मा स्पोर्ट्स क्लबका अध्यक्ष बिक्रम श्रेष्ठ र सिसेफ महिला समुहका अध्यक्ष पबित्रा श्रेष्ठ (टिका) आतिथ्यता रहेको थियो । भेलामा जिल्ला ह्यान्डबल संघ पर्बतका काेषाध्यक्ष केदार कर्मचार्य, सदस्री राजेश कुमालको उपस्थिति रहेको थियो ।

भेलाले शंकर पौडेलको अध्यक्षतामा निम्नानुसारका पदाधिकारी रहने गरि कुश्मा नगरपालिका ह्यान्डबल संघ गठन गरेको छ ।
अध्यक्ष : शंकर पौदेल,उपाध्यक्ष : सुजन श्रेष्ठ,सचिब : सागर श्रेष्ठ,कोषाध्यक्ष्य : शुभदिप श्रेष्ठ,सह-सचिव : अनिश कर्मचार्य
सदस्यहरु : राजेश सुबेदी, बिशल भुसाल, डिशान कुमाल,अश्विन थापा, खुमा कुमारी हमाल श्रेष्ठ,अनिता श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको जानकारी एवम् ह्यान्डबल खेलको जानकारी भेलाका अध्यक्ष एवम् जिल्ला ह्यान्डबल संघका उपाध्यक्ष ज्ञानेन्द्र कुमार जोशी दिनुभएको थियो भने संचालन सचिव रमेश श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज