पर्वतमा फाल्गुनको तेस्रो सातादेखी तेस्रो मगर महोत्सव

पर्वत

पर्वतमा फाल्गुनको तेस्रोसातादेखि तेस्रो ऐतिहासिक मगर महोत्सव हुने भएको छ। फागुनको १५ देखि २६ गतेसम्म  ४२ औँ मगर एकता दिवसको अवसर पारेर पर्वतमा मगर समुदायको आयोजनामा तेस्रो राष्ट्रिय मगर महोत्सवको आयोजना हुने भएको हो ।

बिगत जस्तै अहिले पनि सोही अनुसार विभिन्न कार्यक्रम गरेर राष्ट्रिय मगर दिवस मनाउने तयारी रहेको क्लबले जनाएको छ। क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्ण बहादुर पुनका अनुसार ‘कला, संस्कृतिको संवर्द्धनमा ऐक्यबद्धताः खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

पर्वतको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पुर्याउने , कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवर्द्धनमा मद्दत गर्नु पनि महोत्सवका उद्देश्य छन् ।

यस संस्करणको आकर्षणका रूपमा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति लगायत राखिएका छन् ।

महोत्सवको तेस्रो संस्करणमा करिब ७२ लाख रुपैयाँ आम्दानी हुँदा ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दुई सयभन्दा बढी स्टल रहने महोत्सवमा केही स्टल अहिले नै बुकिङ भैसकेको आयोजकले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज