पर्वत, पिपलटारी /२२
विगतको वर्षमा जस्तै यो वर्ष पनि प्रदर्शन गर्न लागेको देविलिला अन्तीम चरणमा पुगेको छ ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल द्धारा उद्धाटन हुने सो देवि लिलाको तयारी अन्तीमा पुगेको जनक मावि भूतपूर्व विद्यार्थी समाजले जनाएको छ । कार्यक्रम यहि असोजको २३,२४,२५ गते साँझ ६बजेबाट सुरु हुने समाजका सचिव गणेश पौडेलले सचेत न्युजलाई जानाकारी दिनुभयो ।

कुश्मा नगरपालिका वार्ड न १० पिपलटारी थुम माविको विद्यालय प्राँगणमा हुने यस देवि लिला कार्यक्रमको विशेषता बेग्लै रहेको छ । देवीले दैत्यहरूको वद गरेको कुरा आहान र किंवदन्तीमा सुन्नमा मात्रै रहेको भए पनि त्यसलाई गीत र संवादको अभिनयमार्फत पस्किँदा दर्शकहरूको पनि उल्लेख साथ मिल्ने अपेक्षा आयोजक परिवारको रहेको छ ।
नवरात्रीको अन्तिम दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकोले महानवमी पर्वलाई विशेष महत्वका साथ लिने गरिएकाले ‘देवीलिला’ को अन्तिम दिन सकेसम्म नै आकर्षक तरिकाले नै प्रस्तुत गरिने जनाइएको छ ।
स्थानिय रुपमा यसको महत्व बुझाउन र यसलाई आउदाँ बर्षहरुमा समेत थप परिस्कृत गरि प्रर्दशन गर्नको लागि समाजलाई हौसला प्रदान गर्न आर्थिक ,नैतिक र भौतिक जस्तोसुकै सहयोग पनी अत्यन्तै आवश्यक रहेको आयोजकले सबैमा अनुरोध गरेको छ ।
