विकास र राजनितीका कुरा पछि गरौँला आज देवि लिला हेरौँ ःमन्त्री बस्याल

पिपलटारी,पर्वत२३

पर्वतको कुश्मा नगरपालिका वार्ड नं. १० पिपलटारीमा आयोजित देवी लिला कार्यक्रमको उद्धाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले बिकास र राजनीतिका कुरा पछि गर्ने आज धार्मिक तथा ऐतिहासिक देवीलिला हेर्न आफु आत्तुर रहेको बताउनुभएको हो ।
बुधवार देखि संचालन भएको कार्यक्रमा मन्त्री बस्यालले आफु पर्वत बासी नै भएका कारण यहाँका विभिन्न समस्याहरु आफुलाई थाहा भएको बताउनभयो । उहाँले आफु पर्यटन मन्त्री भएका कारण यो कार्यक्रम प्रत्यक्ष रुपमा आफ्नो मन्त्रालय संग जोडिएको हुदाँ आफु यो कार्यक्रम देखि धेरै खुसी रहेको बताउदै यस्ता कार्यक्रमको लागि मन्त्रालयबाट प्रर्बधनको लागि जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको बताउनुभयो ।


मन्त्री बस्यालले प्रमुख अतिथीको मन्तव्य राख्दै गर्दा फरक प्रसंगमा, पिपलटारी केरा पकेट क्षेत्र भएका कारण यो विषयलाई पनि आफुले प्रदेशको कार्यक्रममा समेटेको बताउनुभयो ।दशै लगत्तै यसको सुचना निस्कदै भएकोले सो कार्यक्रमा केराखेति गर्ने किसानहरुले लाभलिन समेत आग्रह गर्नुभयो ।
विजया दशमीको अवसर पारेर संचाल गरिएको धार्मिक तथा ऐतिहासिक देवी लिला कार्यक्रममा प्रदेश सांसद भक्त बहादुर कुवर , त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्र«ान्सप्लान्ट सेन्टरमा कार्यरत डा. अनिल भट्टराई, फलेवास नगरपालिकाका उपमेयर शोभा क्षेत्री नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जनक मावि भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष महोदत्त अधिकारिको अध्यक्षतामा भएको कार्यक्रमको उद्धाटन शत्र समाजका सचिव गणेश पौडेलले गर्नुभएको थियो भने देवी लिलाको कथा प्रस्तुतीमा सहजीकण चोवनाथ लामिछानेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज