माघको दोस्रो सातादेखि क्रिकेटको विकासका लागि पर्वतमा टि–२०प्रतियोगिता

 

पर्वत,१६
पछिल्लो समय क्रिकेटमा नेपाली र खेलप्रतिको चासो सर्वत्र भैरहेका बेला पर्वतमा पनि क्रिकेटप्रेमिका लागि टि–२० प्रतियोगिता हुने भएको छ ।
ग्रासरुट क्रिकेटको विकास साथै खेलाडीको प्रबर्धनका लागि यो प्रतियोगिताले ठूलो टेवा पुग्ने बिश्वास पर्वत क्रिकेट संघले जानाकारी दिएको छ ।
अब खेल्ने छ पर्वत भन्ने मूल नाराका साथ पर्वत क्रिकेट संघको आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पर्वत जिल्लामै पहिलो पटक उक्त खेल हुन लागेको हो । खेल आगामी माघको १४ गतेदेखि १८ गतेसम्म संचालन हुदै छ ।
सो प्रतियोगिता पर्वत जिल्ला स्तरीय अन्तरविद्यालय टि–२० क्रिकेट प्रतियोगिताको रुपमा संचाल हुने क्रिकेट संघ पर्वतले जनाएको छ । क्रिकेटको विकासको लागि ग्रासरुटदेखि नै क्रिकेट खेलको विकास र खेलाडीहरूलाई म्याच एक्स्पोजर दिनको लागि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा पर्वत जिल्ला स्थित सम्पूर्ण स्कुलहरूका १० कक्षासम्म पढ्ने विद्यार्थीहरूले भाग लिन पाउनेछन् भने प्रथम हुने स्कुलले ट्रफी मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ट्रफी मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र हरेक म्याचका म्यान अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था रहेको छ । खेल कुस्मा स्थित सशस्त्र प्रहरीको खेलमैदानमा हुने प्रतियोगिताबाट पर्वत जिल्लाको अन्डर १६ टिम छनोटलाई आधार हुने पर्वत क्रिकेट सङ्घका सचिव दिपेन्द्र लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज