प्याव्सन पर्वतमा सर्वसम्मत पौडेल निर्वाचित

 

पर्वत, पुष
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्वतको १३ औँ जिल्ला अधिवेशनबाट जिल्लाको अध्यक्षमा विमल पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
निर्वाचित भैसकेपछि पौडेलले शैक्षिक गुणस्तर अभिबृद्दीका लागि शिक्षक तालिम , सदस्य विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप संचालन , शिक्षक ÷ कर्मचारीहरुको मनोबल उच्च बनाउने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
शनिवार सम्पन्न अधिवेशनबाट कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको आइबल एकेडेमीका प्रिन्सिपलका रूपमा कार्यरत पौडेल सर्वसम्मत भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा पैयुँ गाउँपालिका पुण्य भुसाल, सचिवमा मोदी गाउँपालिकाबाट भोलाराज सुवेदी, कोषाध्यक्षमा कुश्मा नगरपालिकाबाट उज्ज्वल अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरूमा देवेन्द्र आचार्य, मिलन पौडेल, नेत्र पौडेल, युवराज लेप्चा, भरतराज काफ्ले, प्रकाश आचार्य, दीपेन्द्र क्षेत्री, दलबहादुर जि.सी र हेमन्त काफ्ले चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्याब्सनको केन्द्रीय उपाध्यक्ष वीर बहादुर बुढाथोकीले हाम्रो देशको शैक्षिक प्रणालीलाई मजबुत बनाउन निजी विद्यालयहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । निजी विद्यालयहरूको योगदानलाई नजरअन्दाज गर्न नसकिने भन्दै उनले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न हर सम्भव प्रयासरत रहेको उल्लेख गरे । निजी विद्यालयहरूले आधुनिक प्रविधिको प्रयोग, प्रगतिशील शिक्षण विधि र व्यक्तिगत शिक्षणमा विशेष ध्यान दिएर विद्यार्थीहरूको शैक्षिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेका उपाध्यक्ष बुढाथोकीको भनाइ छ ।
प्याब्सन पर्वतका निवर्तमान अध्यक्ष श्रीराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज कृष्ण के.सी, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाई, प्याब्सन गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष प्रकाश खनाल, जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले गुणस्तरीय शिक्षामा पहुँच राख्नु सबैको अधिकार भएको भन्दै यसलाई सुनिश्चित गर्न सरकारले सामुदायिक र निजी विद्यालयलाई एकै नजरले हेर्ने नीति बनाउनुपर्ने बताए । निजी विद्यालयलाई बोझको रूपमा नभई साझेदारको रूपमा लिन आवश्यक रहेको भन्दै उनले शिक्षा क्षेत्रमा सबैको सामूहिक प्रयासबाट मात्रै उत्कृष्टता हासिल गर्न सकिने सुझाव व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज