विदेश पठाउने बहानामा लाखौँ रुपैँया लिएर फरार “किसान”

 

पर्वत ,२२ पुष

गाउँमा खेतिकिसानी गरेर जिविका चलाईरहेका सोझा नागरीकलाई बिदेश पठाउने प्रलोभन देखाएर विकास किसान नाम गरेका व्यक्तिले सयौँलाई ठगेर फरार भएका छन् ।

काठमाण्डौ महानगरपालिका वार्ड नं. २० मित्रनगरमा बस्ने किसानले आकर्षक तलब र वैदेशिक रोजगारीको आश्वासन दिएर बेरोजगार युवायुवतीलाई ठगी गरेर सम्पर्कबिहिन भएका छन् । फरार किसान म्याग्दी जिल्लाको मंगला गाउँपालिका वडा नम्बर २ निवासी धनबहादुर किसानका छोरा हुन् ।

ठगि गरेका विकास किसानले म्याग्दी, बागलुङ पर्वत लमजुङ लगायतका विभिन्न जिल्लाका व्यक्तिहरूलाई क्रोसिया, माल्टा, सर्बिया र पोल्यान्ड जस्ता देशमा वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएका थिए । उनले पीडितहरूबाट लाखौं रकम र पासपोर्ट लिएर सम्पर्कविहीन भएको पिडितले सचेत न्युजलाई जानाकारी दिएका छन् ।
किसानले बागलुङ काठेखोला गाउँपालिकाका हरि सुनार र म्याग्दी रघुगङ्गा गाउँपालिकाका अनुसा विक सहित दर्जनौँ पीडितबाट दुई÷दुई लाख रुपैयाँ र पासपोर्ट लिएको किसानबाट पिडित बनेकाहरुले बताएका छन् ।

पीडितहरूका अनुसार विकासले काठमाडौं उपत्यका र अन्य जिल्लाका व्यक्तिहरूलाई आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर ठगी गरेका थिए । ठगी गरेर फरार रहेका किसानलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ साथै एक जनालाई पक्राउ समेत गरेको छ ।

सम्पर्कविहीन भएपछि पीडितहरूले बारम्बार खोजी गर्दा उनले उल्टै धम्की दिने गरेको पिडित हरि सुनारले बताएका छन् । पीडितहरूले उनलाई कानुनी कारबाहीको माग गरेका छन् । किसानले ठगेका घटनाहरू उजागर भएपछि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रहरीले विकास किसानको गतिविधिको अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ पुर्जी जारी गरिएका किसानले ठगी गरेको रकम लाखौं रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले यस्ता ठगीको शिकार हुनबाट जोगिन तथा यसरि नै कोहि नागरिक ठगीएको भएमा तुरुन्त उजुरीदिन समेत अनुरोध गरेको छ । थप सवै प्रमाणहरु पिडित सगैँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज