हर्क साम्पाङले कांग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिए उजुरी

काठमाडौं, २५ माघ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कांग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

धरान खानेपानी योजनामा २४ करोड रुपैयाँको अनियमितता भएको आरोप लगाउँदै साम्पाङले विश्वकर्मामाथि छानबिनको माग गरेका हुन् ।

विश्वकर्माले एक टेलिभिजन अन्तर्वार्तामा धरान खानेपानी योजनाबारे गरेको टिप्पणीको विषयलाई लिएर साम्पाङले अख्तियारमा उजुरी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरीको जानकारी दिँदै साम्पाङले लेखेका छन्, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ । २४ करोडको हिनामिना देखिन्छ यहाँ ।’ हेरौ साम्पाङले दिएको उजुरी

सम्बन्धित समाचार

ताजा न्यूज