कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको वित्तिय शाक्षरता कार्यक्र सम्पन्न

पर्वत/फागुन १२

कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको वित्तिय साक्षरता कार्यक्रम पर्वत सदरमुकाम कुश्मा वजारमा सम्पन्न भएको छ ।
कालिका लघुवित्त कुश्मा शाखाको आयोजनामा यस अन्तर्गत रहेका १०५ केन्द्रहरु मद्ये ४५ केन्दका केन्द्र प्रमुख तथा अन्य सदस्यहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

दैनिक घर ब्यवहार चलाउनका लागि मात्र नभई आय आर्जनको बाटो रोज्दै आँफुलाई उत्पादन संग जोडनका लागि लघुवित्त वित्तिय संस्था एक प्रभावकारी माधयम भएको कुरा वताउँदै  गरिवी र विपन्नतामा यसले निकै महत्वपुर्ण साहाराको रुपमा काम गगिरहेको संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता चन्द्रवहादुर क्षेत्रीले वताउनुभयो । उद्घाटन सत्रका क्रममा बोल्दै उहाँले पछिल्लो समय लघुवित्त संस्थाहरुवाट ऋण लिएर विभिन्न विलाशीताका वस्तुहरुमा खर्च गर्ने, अन्य ब्यवहार मिलाउने र अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेका कारण स्वय ऋणी र संस्थानै समस्यामा पर्ने गरेको उदाहरण प्रस्तुत गर्दै कुनै न कुनै हिसावले आँफुलाई उत्पादन संग जोडनका लागि समूह सदस्यहरुलाई प्रेरित गर्नु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका उप प्रमुख स्वस्थानि रिजाल, कालिका लघुवित्तका पुर्व सञ्चालक मेघनाथ सुवेदी , सञ्चालक गणेश पौडेल, कुश्मा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ईश्वर गिरी, गैर सरकारी संस्था महासंघ नेपालका पुर्व केन्द्रीय सचिव देवी प्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
केन्द्र प्रमुखहरुका तर्फवाट अर्मादी कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख गंगा शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शाखा प्रमुख मन्जु शर्माले गनुएभएको थियो ।
कार्यक्रको दोस्र सत्रको सहजिकरण कुश्मा मुकाम अन्तर्गतका शाखाहरुको अनुगमन अधिकृत चद्र प्रसाद वस्यालले गर्नुभएको थियो । कार्यक्रममा केन्द प्रमुख तथा अन्य सदस्यहरु सहित संस्थामा आवद्य ६५ जनाको सहभागीता रहेको थियो । कार्यक्रमका विच उत्कृष्ट केन्द्र, उत्कृष्ट केन्द्र प्रमुख, उत्कृष्ट ऋणी र उत्कृष्ट वचतकर्तालाई नगद पुरस्कार साथै सम्मान पत्रले पुरस्कृत तथा सम्मानित गरिएको थियो ।


नेपाल राष्ट्रबैंक बाट ‘घ’ वर्गको इजाजत प्राप्त कालिका लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवित्त हो । जसले देशभरका ४३ जिल्लामा १०५ वटा शाखाहरुको स्थापना गरि लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज