काठमाडौं, ६ वैशाख ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट ३४ वर्षीय सन्तोषकुमार सिलवाललाई पक्राउ गरेको हो ।
तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जना मारिएका थिए भने करोडौंको धनमाल लुटपाट, तोडफोड र आगजनी भएको थियो ।
प्रहरीले यस घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।
