श्रावण ,१७
सर्जक पंकज पौडेलले तीज लक्षित मौलिक गीत ‘साईलो दाई’ सार्वजनिक गरेका छन्। युट्युब च्यानल ‘पंकज पौडेल’ मार्फत सार्वजनिक गीतमा विक्रम पौडेल र अस्मिता डल्लाकोटीको स्वर छ।
शब्द विक्रम पौडेलका हुन् भने संगीत पंकज पौडेल र महेन्द्र भण्डारीले दिएका छन्। भिडियोमा लोमश शर्मा र विना राउतको अभिनय रहेको छ।
गीत टिकटकमा भाइरल हुँदै गएकाले तीजमा लोकप्रिय हुने अपेक्षा गरिएको छ।हेर्नुस् भिडियो👇️
