पर्वत कारागारबाट २५ गते राति १९ जना कैदीबन्दी फरार भएपछि अनुसन्धान क्रममा प्रहरीले कैदी भगाउन सहयोग गरेको आरोपमा १ महिला सहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये १२ जना कुश्मा नगरपालिका, १ जना विहादी गाउँपालिका र १ जना चितवनका रहेका छन् । उनीहरूलाई कारागार ऐन २०७९ अन्तर्गत तथा केहीलाई सार्वजनिक सम्पत्ति हानीनोक्सानीको अभियोगमा समेत अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । हालसम्म पर्वत कारागारबाट फरार ५ र कास्कीबाट ५ गरी १० जना पुनः नियन्त्रणमा परेका छन् भने अझै १० जना फरार रहेका छन् । प्रहरीले उनीहरूलाई आत्मसमर्पण गर्न र सर्वसाधारणलाई देखेमा खबर गर्न आग्रह गरेको छ ।
