रोट्र्याक्ट क्लब अफ पर्वतद्वारा फलफूल वितरण कार्यक्रम सम्पन्न

 

पर्वत — रोट्र्याक्ट क्लब अफ पर्वतले सामाजिक उत्तरदायित्व अन्तर्गत फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। मिति २०८२ चैत १४ गते क्लबका वर्ष २०२५/२६ का अध्यक्ष रो. गणेश गौतमको शुभ जन्मदिनको अवसरमा मोदीवेणी दिव्य आश्रममा आश्रित वृद्ध बुवा–आमाहरूलाई फलफूल वितरण गरिएको हो।

कार्यक्रममा क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो भने आश्रमका मुख्य पुजारी श्री टिकाराम दास बैरागी, समितिका सदस्य हरिदास बैरागी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबैले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।

क्लबले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज