काठमाडौं, २० वैशाख — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तहका उम्मेदवार छनोटको रूपरेखाबारे मुख्य छलफल हुने पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिएका छन्।
बैठकको कार्यसूचीमा महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनका विषयहरू पनि समावेश गरिएको छ। साथै, समसामयिक राजनीतिक परिस्थितिबारे विविध शीर्षकमा छलफल गरिने बताइएको छ।
