महाशिलामा पत्रकार महासंघ पर्वतको साधारणसभा सम्पन्न

पर्वत,

पर्वतको महाशिला गाउँपालिकामा पत्रकार महासंघ जिल्ला शाखा पर्वतको १४ औँ साधारणसभा सम्पन्न भएको छ । महाशिला गाउपालिकाको वाड नं. ५मा रहेकोे एशियाकै ठुलो महाशिलामा साधारण सभा सम्पन्न भएको हो ।

जेठ १६र १७ गते भएको भएको कार्यक्रममा विभिन्न विधाबाट पत्रकारलाई  जिल्ला शाखा पर्वतले सम्मान गरेको थिए।

पूर्व अध्यक्षहरुलाई सम्मान साथै ३ जनालाई सृजनशिल पुरस्कार बाट पुरस्कृत गरिएको थियो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो ।

महाशिलामा सम्पन्न कार्यक्रमको सम्बोधन गर्दै आफु सधै पत्रकार र पत्रकारीताको पक्षमा  रहेको बताउनुभयो । साथै महाशिलाको विकासको लागि आफु र मन्त्रालयबाट हुन सक्ने  सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, पुर्व प्रदेश मन्त्री मित्रलाल बस्याल,महाशिलाका पुर्व गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल, गाउपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसाल , जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिक लगायतले कार्यक्रममा शुभकामना साथै महाशिलाको चर्चा समेत गर्नुभएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री साथै संचाल सचिव साजन परियारले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज