पर्वतमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

 पर्वत, असार १७ –

पर्वत प्रहरीले १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार जलजला गाउँपालिका–६ का ५३ वर्षीय एक पुरुषले गत असार १४ गते दिउँसो करिब ३ बजे नाबालिकालाई ललाईफकाई करणी गरेको भन्ने उजुरी पीडितकी आमाले असार १७ गते प्रहरीसमक्ष दर्ता गराएकी थिइन्।

उजुरी प्राप्त हुनासाथ मातहतको प्रहरी चौकी मिलनचोकले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी निरीक्षक राजनकुमार पट्टेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल पर्वत, कुश्मामा पठाइएको थियो। स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज