२६ असार, काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युबारे सरकारको तर्फबाट अथक प्रयास गरिएको तर उनलाई बचाउन नसकिएको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले घटनालाई राजनीतिकरण नगर्न, पीडालाई सम्मान गर्न र सदनको गरिमा कायम राख्न आग्रह गरे।
गुरुङले गणेश नेपालीको उद्धारका लागि विमान तयारी, आवश्यक अनुमति र उपचार व्यवस्थालगायत सबै सम्भव प्रयास गरिएको दाबी गर्दै सरकारले आफ्नो दायित्वबाट एक इन्च पनि पछि नहट्ने बताए।
काठमाडौं महानगरपालिकामा ह्वील लक लगाइएको घटनाबारे उनले उक्त कार्य स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै प्रचलित कानुन कार्यान्वयनका क्रममा सरकार आफ्नो जिम्मेवारीअनुसार अघि बढिरहेको स्पष्ट पारे।
