‘लभ जिहाद’ नछोडे ‘राम नाम सत्य’ हुने योगी आदित्यनाथको चेतावनी

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथले जबरजस्ती धर्म परिवर्तन गराएर विवाह गर्ने प्रवृति त्याग्न चेतावनी दिएका छन्। भारतको हरियाणामा एक हिन्दु युवतीते मुस्लिम युवकले भने अनुसार धर्म परिवर्तन गरि विवाह गर्न इन्कार गरेपछि उसले ति युवतीको गोली हानी हत्या गरेको थियो। सोहि घटनापछि प्रतिक्रिया जनाउँदै योगीले यो अभिव्यक्ती दिएका हुन्।

भारतमा पछिल्लो समय मुस्लिम युवकहरुले हिन्दु महिलाहरुको धर्म परिवर्तन गराएर आफुसँग विवाह गराउँने घटनाहरु बढ्दै गएका छन्। यसलाई लव जिहाद भनिनन्छ। कुनै कट्टरपन्थी धार्मिक समुहका युवकले विवाह गर्नकै लागि अर्काे धर्म मान्ने युवतीको धर्म परिवर्तन गराउँन लगाउँछ र विवाह गर्छ यसै प्रकृयालाई लव जिहाद भनिन्छ।

भारतमा पछिल्लो समय मुस्लिम युवकहरुले हिन्दु युवतीहरुलाई विवाह गरेर या प्रेममा फसाएर जबरजस्ती धर्म परिवर्तन गर्न लगाएका घटनाहरु बढ्दै गएका छन्। यसबीच भारतको इलाहावाद उच्च अदालतले विवाह गर्नकै लागि धर्म परिवर्तन गराउँन नमिल्ने आदेश समेत जारी गरेको छ।

यसै कुरालाई उदिृत गर्दै मुख्यमन्त्री योगीले जैनपुरमा शनिबार जिहाद प्रेमको प्रवृति छोड्न र हिन्दु चेलीबेटीमाथि खेलवाड नगर्न भन्दै चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘इलाहावाद हाइ कोर्टले विवाह गर्नका लागि धर्म परिवर्तन जरुरी नभएको आदेश दिइसकेको छ, सरकारले पनि यसविरुद्ध कानुन बनाउने तयारी थालेको छ। कसैले प्रेमका नाममा हाम्रा चेलीबेटीमाथि खेलवाड गर्न मिल्दैन्। यदि लव जिहाद प्रवृति अन्त्य गरेरन भने तिनीहरुको राम नाम सत्यको बाटो सुरु हुनेछ। ’

यसअघि पनि योगी आदित्यनाथले लव जिहादका घटनाहरु रोक्न लागि उच्च अधिकारीहरुसँग कुरा गरेका थिए। भारतमा पछिल्लो समय यस्ता अपराधिक घटना बढी रहेका छन्। मुस्लिम युवकले हिन्दु युवतीलाई विवाह गरेर र त्यसपछि धर्म परिवर्तन गर्न लगाउँने र त्यसो नमानेमा हत्या गर्नेसम्मका घटनाहरु घट्न थालेसँगै भारत सरकार यसप्रति गम्भिर भएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विजेपीको नेतृत्व रहेको हरियाणा सरकारलाई समेत लव जिहाद बिरुद्ध कानुन बनाउन आहवान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज