अफगानिस्तानको राजधानी कावुल स्थित एक विश्वविद्यालयमा बन्दुकधारीहरुले आतंककारी आक्रमण गर्दा कम्तीमा १० जना विद्यर्थीको मृत्यु भएको छ ।
विश्वविद्यालयमा आयोजित पुस्तक मेलामा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरि सो आक्रमण भएको थियो ।
उक्त आतंककारी आक्रमणमा परि अन्य धेरै विद्यार्थीहरु घाइते भएको अलजजिरा ले जनाएको छ ।
उक्त आक्रमण पछि सो क्षेत्रमा आक्रमणकारीले ठुलो विष्फोट पनि गराएको प्रत्यक्षर्शीले बताएका छन् ।