गएराति अस्ट्रियाको राजधानी भिएनामा भएका आतंकवादी हमलामा एक जनाको मृत्यु भएको छ । भियानाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार एकजनाको मृत्यु भएको हो । एउटा सन्दिग्ध आतङ्कवादी हमलामा ठूलो हाताहाती भएको आशंका गरिएको छ । प्रहरीका अनुसार सन्दिग्ध समूहले सहरका विभिनन ६ स्थानमा गोली चलाएका थिए ।
सन्दिग्ध समूहले गोली चलाएपछि प्रहरीलेसमेत गोली चलाएको थियो । यो हमलालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले घृणित आतंकवादी घटनाको संज्ञा दिएका छन् ।
समाचारमा उल्लेख भए अनुसार प्रहरीले एक हमलाकारीलाई नियन्त्रणमा लिएको छ भने एकजना मारिएका छन् । हमलापछि त्यहाँ स्थानीयलाई बाहिर ननिस्कन र यातायात प्रयोग नगर्न भनिएको छ ।
हमला भएको क्षेत्रलाई घेरा हालेर प्रहरीले हमलाकारीमाथिको कारबाही सुरु गरेको समाचारमा उल्लेख गरिएको छ । यो घटनाप्रति युरोपेली नेताहरुले दुःख व्यक्त गरेका छन् ।