चीन र भारत बीच विवादित सिमा क्षेत्रको विषयलाई लिएर सैन्य वार्ता हुने भएको छ । दुबै देश बीच पछिल्लो समय सिमा क्षेत्रमा उत्पन विवादलाई समाधान गर्न वार्ताको लागि चीन र भारत दुबै तयार भएका हुन । सैन्य स्तरमा हुने वार्ता नोभेम्बर ६ तारिखमा हुने जनाइएको छ ।
लद्दाखमा सीमा स्वामित्वको विषयलाई लिएर केही समयअघि दुवै देशका सुरक्षाकर्मीबीच झडप भएसँगै बल्झिएको विवाद समाधानका लागि दुवै देशका अधिकारीहरुबीच पटक पटक छलफ हुँदै आएको छ ।
भारत र अमेरिकामा जारी निर्वाचन र कोरोना महामारीका कारण सैन्य वार्ता केही ढिलो भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सात महिनाअघिदेखि जारी छलफलमा सीमा विवाद समाधानका बारेमा कुनै ठोष प्रगती नभएको समाचारमा जनाइएको छ ।
गत अक्टोबार १२ मा सातौ चरणको छलफलमा चीनले समस्या समाधानका लागि भन्दै छुट्टै प्रस्ताव पेश गरेपछि विवाद पुन बल्झिएको हो ।
दुवै देशले लद्दाखमा रहेको सीमा आफ्नो भूमि भएको दावी गर्दै एक अर्का देशका सैनिकलाई भूमि छाड्न चेतावनी दिँदै आएका छन् ।
गत वर्ष दुवै देशका सुरक्षाकर्मीबीच सीमामा विवाद हुँदा दोहोरो झडप भएको थियो ।