पर्वत,७
रिलायबल नेपाल लाइफ इन्स्योेरेन्स लिमिटेड कुश्मा शाखाले आयोजना गरेको एकदिने अभिक्रता तालिम भब्य रुपमा सम्पन्न गरेको छ । शाखाले बिगत देखि नै यस बिमा कम्पनिमा जोडिएर काम गरेका साथै नयाँ अभिक्रता बनेर बिमा गराएकाहरु लाई सामेल गराएर तालिम तालिम सम्पन्न गरेको हो ।
एक दिने अभिक्रता तालिममा मुख्य प्रशिक्षकका रुपमा रहनुभएका यसै कम्पनिका पोखरा शाखाका शाखा प्रमुख लक्ष्मण थापाले बिमाको बारेमा प्रशिक्षण दिनुभएको थियो । थापाले बिमा गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाको बारेमा अभिक्रतालाई प्रष्ट पार्नुभएको थियो । उहाँले बिमा गराउँदा बुझाएर धेरै भन्दा पनि बिमितलाई कुनै किसिमको शंका नउब्जने गरी काम गर्न सबै लाई आग्रह गर्नुभएको थियो । झण्डै २० जना अभिक्रताहरु बिच भएको सो तालिममा छोटो समयमा दोश्रो पटक सम्म एम.डि.आर.टी हुनुभएका दुर्गा प्रसाद अधिकारीले आफ्नो अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट अभिक्रतालाई पुरस्कृत पनि गरिएको थियो । पुरस्कृत हुनेहरुमा दिपक राज रेग्मी , सुनिता शर्मा, देबि शर्मा, सुमित्रा कुवँर र सरस्वती शर्मा रहनुभएको थियो । सुन्दर नगरी कुश्मा बजारको बेन्जु होटेलमा भएको तालिम साथै पुरस्कार बितरण कार्यक्रमको संचालन कुश्मा शाखाका प्रमुख मिनराज केसि‘अविरल’ले गर्नुभएको थियो ।
रिलायबल कुश्मा शाखाको आयोजनामा अभिक्रता तालिम सम्पन्न
