हाम्राेप्रयास । दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु गरेको छ।
सादा पोसाकमा समेत प्रहरी परिचालन गरिरहेको छ। काठमाडौंमा चोरी, लुटपाट र होहल्ला नियन्त्रण गर्ने विशेष योजना लागु गरेको छ। तर काठमाडौंमा जघन्य प्रकृतिका अपराध नभएपछि फाटफुट चोरी भएको प्रहरीको दाबी छ। ‘ जघन्य प्रकृतिका अपराध भएका छैनन्। बिहानको समयमा घर तथा कोठामा हुने चोरीका सूचना भने आइरहेका छन्।’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले भने।
चार्ड पर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार भन्दा बढी बर्दी र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गर्ने छ।