चर्चित गाइका र संगितकर्मिको बिवाहा नै नभई यस्तो भयो

काठमाडौं-

गायिका मेलिना राई र  चर्चित संगीतकर्मी सञ्जीव बराइलीबीच बिवाह नै नभई ब्रेकअप भएको छ ।

गाइका र संगितकर्मी  बिच  केही समय अघि बिवाह गर्ने भन्दै इन्गेजमेन्ट भएको थियो । तर सामाजिक संजाल फेसबुक मार्फत गायिका राईले शुक्रबार सो इन्गेजमेन्ट तोडिएको बताएकी छिन ।

गाइका राइले लेखेकी छिन् ‘केही समय अगाडी मैले आफ्नो गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुई  बिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । ’

राइले भनेकी छन् ‘फेरि सबै इन्गेजमेन्टहरु हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ ।       त्यसैले आजकै मितिबाट हामी बिचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’ यसरी हेर्दा परिपक्व तरिकाले जिवनका हरेक गतिविधि लाई अगाडी नबढाउने हो भने दुख पाउनु सिवाय केही नहुने यहि घटनाले बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज