तिनकुनेको खाली जग्गामा ट्राफिक प्रहरीद्वारा गुर्जो रोपण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेमा रहेको खाली जमिनमा गुर्जोका बिरुवा रोपेको छ । आज शनिबार एक कार्यक्रमबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख (प्रहरी वरिष्‍ठ उपरीक्षक) भीमप्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वरप्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा १५ सय वटा गुर्जोका विरुवा रोपिएका हुन् ।

यस्तै आजै उपत्यकामा रहेका ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोका बिरूवा रोपिएका छन् । ‘‘फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनुपर्ने भएकाले कोरोना भाइरस संक्रमणको जोखिम ज्यादा छ,’’ एसएसपी ढकालले भने, “त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकाले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता बिरुवा रोप्‍ने काम सुरु गरेका हौं ।”

आन्तरिक राजस्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह-सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोका बिरुवा वितरण गरेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज