नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले नेपाली सेनाबाट गार्ड अफ अनर पाएका छन् । उनलाई सेनाले आर्मी हेडक्वाटरमा बिहीबार गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।
उनलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने छिन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् ।
- g/fj0f]] ;}lgs d’Vofno hªuLc88fdf
sf7df8f}F, @) sflQs-/f;;_ M ef/tLo :yn;]gfWoIf hg/n dgf]hd’s’Gb g/j0f] ;}lgs d’Vofno hªuLc88fdf . g]kfnL ;]gfsf] dfgfy{ dxf/yL u|x0f ug{ g/j0f] tLg lbg] e|d0fsf nflu a’waf/ oxfF cfOk’Ug’ ePsf] xf] ? ?????? ? ???? ???????÷ ????
नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति थापाले बेलुका नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल आएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन
गरेका थिए । यस्तै उनले पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गरेका थिए । उनि शुक्रबार स्वदेश फर्किने छन् । उनी स्वदेश फर्कनुअघि जोमसोम जाने कार्यक्रम पनि रहेको छ ।