मुकेश चौरासिया हत्या प्रकरणः पुर्वसभासद सहित १२ जना विरुद्ध कर्तव्य ज्यन मुद्दा

गत असोज ६ गते पर्साको पर्साको बिन्द्धबासनी गाउँपालिका–५ प्रसौनी भाठामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सपथ ग्रहण कार्यक्रममा दुई पक्ष विच भएको झडपमा मृत्यु भएका नेकपाका पर्सा जिल्ला कमिटी सदस्य एवं बिन्द्धबासनी गाउँपालिका सचिव मुकेश चौरासियाको हत्याको आरोपमा पुर्वसभासद राजकुमार गुप्ता सहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

पीडित पक्षले दिएको किटानी जाहेरी प्रहरीले तत्कालै गर्न नमानेपछि मृतक चौरसिया पक्षधरले आज पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएका हुन् ।

सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भइसकेकोले अब यसको थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने पर्सा प्रहरी प्रमुख गंगा पन्तले बताइन् ।
उनका अनुसार आज बिन्द्धवासनी गाउँपालिकाका मृतक मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै पूर्वसभासदसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ ।

प्रसौनी भाठ्ठामा नेकपा गाउँ कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी चौरसिया गम्भीर घाइते भएका थिए । उपचारका क्रममा चौरसियाको मृत्यु भएपछि पीडित पक्षले चौरसियाको मृत्युको मुख्य योजनाकार पूर्वसभासद गुप्ता रहेको भन्दै  किटानी जाहेरी दिँदा प्रहरीले मुद्दा दर्ता गर्न मानेको थिएन ।

प्रहरीले मुद्दा दर्ता नगरेपछि पीडित पक्षले ६ दिनदेखि  चौरसियाको शव उठाएका थिएनन् । दोषीलाई कारबाहीको माग गर्दै मृतक पक्ष आन्दोलित थिए ।

मृतक चौरसिया पूर्व माओवादी कार्यकर्ता हुन् । जो मातृका यादव नजिक मानिने पर्साका पूर्व माओवादी नेता छोटेलाल यादवका नजिकका कार्यकर्ता हुन् । त्यसैले चौरसियाको हत्यामा संलग्नहरुविरुद्ध कारबाही गराउन पूर्वमन्त्री मातृका यादवसमेत वीरगन्ज आइपुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज