राप्रपाद्वारा केन्द्रीय कार्य समिति विस्तार

हाम्राे प्रयास ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्य समिति विस्तार गरेको छ ।

यसअघि  ३२७ जना सदस्य रहेको कार्य समितिमा आज आइतवार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्य समिति निर्माण भएको छ ।

एकिकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज