काठमाण्डाै – श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हराएको छ ।अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको हो ।
जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहे । पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन जोडे ।
अस्ट्रेलियाका जोश हेजलवुड र मार्कस स्टोइनिसले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । अस्ट्रेलिया स्टिभ स्मिथ ३७ रनमा अविजित रहे ।