पहिरोले रोकिएको कुस्मा -पोखरा सडक खण्ड पुनः संचालनमा

पर्वत 
मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-कुश्मा सडक खण्डको पहिरो पन्छाएपछी पुन यातायात सेवा सुचारु भएको छ ।
कुस्मा – पोखरा सडक अन्तर्गतको चुवा खण्डमा पहिरो जाँदा यातायात बन्द भएको थियो । केही दिन देखिको निरन्तरको बर्षाका कारण सडक माथिबाट ढुङ्गासहितको पहिरो खस्दा बाटो बन्द भएको र अहिले भने पुनः सडक सुचारु गरिएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार सडकमा खसेका ठुला ठुला ढुङ्गालाई जेसिबीले पन्छाएर सडक संचालन गरिएको बताउनुभयो ।


पोखरा-कुश्मा सडक खण्ड अघिल्लो वर्ष मात्रै स्तरोन्नति गरेर सम्पन्न भएको हो। यो खण्डमा बर्खाको समयमा सडकमाथि रहेका ढिस्को र ढुङ्गा निरन्तर झर्ने गरेको छ । पर्वतको मालढुङ्गादेखि कास्कीको नयाँ पुल क्षेत्रसम्म यात्रा जोखिमयुक्त हुने गरेको छ । त्यस्तै कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुंगा सडक खण्डकको दमुवा खोला नजिकै पनि पहिरोले सडक अबरुद्ध बनाएको छ ।
सडक अबरुद्ध भएपछि बेनी मालढुंगा सडकमा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भैरहेको ट्राफिक प्रमुख निउरेले जानकारी दिनुभयो । यो समयमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीको टोलि तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज