पर्वत ।नेपाली कांग्रेसका नेता एबम् प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाकै अगाडि आफू अहिलेसम्म मन्त्री नभएको भन्दै ब्यङग गरेका गर्नुभएको छ । नेपाली कांगे्रस पर्वतले कुश्मा बजारमा आयोजना गरेको कांग्रेसको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै नेता भण्डारीले पटक पटक निर्वाचन लडे पनि आफूलाई सभापतिले अझै पनि मन्त्री नबनाएको बताएका हुन् ।उनले भने,‘आफु भन्दा पछाडीका नेता मन्त्री भैसके पनी म भने अझै सेरबहादुर जीको मन्त्री हुने लिष्टमा छैन् । ’ भण्डारीले सभापति देउवा कै अगाडी आफु पछि परेको संकेत समेत भनाई मार्फत दिएका थिए । भण्डारीले अवसर नपाउँदैमा पार्टीे कमजोर बनाउन नहुने भन्दै यस्तो ब्यङग गरेका थिए ।

भण्डारीले देशमा पछिल्लो समय हजारौँ युवा बिदेश पलायन भएको बताउदै उनीहरु लाई रोक्न र देशमा नै रोजगारीका बिभिन्न खालका कार्यक्रम बनाउनुपर्ने बताए । पार्टी नेता भण्डारीले कांग्रेसले प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर बस्न नहुने कुरा समेत स्मरण गराए ।
जनताका वीचमा जाने कुरा प्रतिगमन नभएको भन्दै त्यो बेलामा कांग्रेस चुनावमा जानुपर्ने कुरामा चुकेको समेत उल्लेख गरे । उनले चुनावमा नभएको कांग्रेसले अर्को निर्वाचनमा बाध्य भएर गठबन्धन गरेको समेत स्विकार गरे ।
कार्यक्रममा नेता भण्डारीले आगामी हाम्रा छोरा नातीहरु लाई सिर ठाडो पारेर जवाफ दिन सक्ने गरी सवैले काम गर्नुपर्ने बताए । उनका अनुसार आगामी पिडीले आफुहरुले गरेको बिकास र राजनितीको बारेमा प्रश्न गर्न सक्ने भन्दै अहिले नै सचेत भएर काम गर्नुपर्ने भनाई ब्यक्त गरे ।
