बैशाख ,२०
हाल देशभरको मौसममा तत्काल सुधार आउने संकेत देखिएको छैन। मौसमविद्हरूका अनुसार आगामी साताभर विभिन्न स्थानमा वर्षाको सम्भावना उच्च रहेको छ। विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रमा लगातार बदली रही मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम विभागले जनाए अनुसार मनसुन सक्रिय रहँदा देशका अधिकांश भू–भागमा बादल लाग्ने, चट्याङसहित पानी पर्ने र केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने सम्भावना छ। यसले दैनिक जनजीवन, यातायात तथा कृषिमा प्रभाव पार्न सक्ने देखिन्छ।
साथै, नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। पहिरोको जोखिम रहेका क्षेत्रहरूमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।
मौसममा सुधार आउन अझ केही दिन लाग्ने भएकाले नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
बुधबारदेखि विहीबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।
गण्डकी प्रदेशमा यो हप्ताभरी तथा कोशी, बागमती लुम्बिनीमा मंगलबारभित्र एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।
गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गत चौबिस घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा भएको छ । मुसिकोटमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी देवघाट, नवलपुरको देउराली, दुम्कौली लगायतका स्थानमा तथा अछामको असराघाटमा पनि भारी वर्षा भएको छ ।
तीन घण्टायता भने पर्वतको कार्की नेटा, स्याङ्जाको पञ्चमुल, कास्कीको पोखरा र लमजुङको राइनासटारमा भारी वर्षा भएको छ ।
