फलेवासमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोप, ६८ वर्षीय वृद्ध पक्राउ

 

पर्वत,असार ११ —

पर्वतको फलेवास नगरपालिकामा एक १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक वृद्ध पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–९ ओख्रेनी निवासी ६८ वर्षीय बलबहादुर पौडेल क्षेत्रीमाथि १४ वर्षीया बालिकालाई ललाई–फकाई करणी गरेको आरोप लागेको हो ।

पीडित बालिकाकी आमाले असार ९ गते साँझ प्रहरी चौकी भंगरामा घटना सम्बन्धी जानकारी गराएकी थिइन्। सूचना प्राप्त भएपछि प्रहरी चौकी भंगराले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएको थियो ।

प्रहरी सहायक हवल्दार उज्वल पनेरुको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज