गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति जिम्मेवार छ : मुख्यमन्त्री पाण्डे

 

पोखरा २०असार ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार जिम्मेवार र प्रतिबद्ध रहेको बताउनुभयो ।उहाँले पत्रकार र पत्रकारीता माथि प्रदेश सकारले हेर्र्र्ने नजर कहिल्यै फरक नहुने बताउनुभयो ।
प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकीद्वारा शनिबार पोखरामा आयोजित ‘गण्डकी प्रेस समिट’को उद्घाटन सत्रमा उहाँले सरकारको नेतृत्वमा जुनसुकै दल भए पनि प्रेसको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउनुभयो ।
“प्रेस जगत् स्वतन्त्र हुनुपर्छ त्यसमा दुई मत छैन, पत्रकारिता पनि सत्यतथ्यमा आधारित, विश्वसनीय र जवाफदेही हुनुपर्छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबारे नागरिकलाई पनि सुसूचित गर्नु जरुरी छ ।”
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले कमीकमजोरी गर्दा निर्धक्क भएर कलम चलाउन आग्रह गर्नुभयो । उहाँले आफू व्यक्तिगत हिसाबले पनि सधैं प्रेस स्वतन्त्रताको पक्षधर रहेको बतानुभयो । उहाँले अहिले पनि पनि पत्रकारहरु आफ्नो आन्दोलन गरिराखेको बिषयलाई लिएर उहाँले प्रश्न गर्नुभयो ,“ के तपाईहरु पुराना भनिने पार्टिको सरकार भएको भए यस्तै आन्दोलन गर्नु हुन्थ्यो कि यसलाई फरक किसिमले अगाडी बढाउनु हुन्थ्यो ? ”
मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ र ‘पत्रकारितामा एआई’ विषयमा बहसमूलक सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका अग्रज पत्रकारलाई सम्मान गरिएको थियो । सोही अवसरमा ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि विमोचन गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज