पर्वत प्रहरीको ठुलो सफलता फेला परे २९ थान अवैध भरुवा बन्दुक

 

पर्वत, असार २४ –
पर्वत प्रहरीले विशेष स्विप अपरेसनका क्रममा हालसम्म २९ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरेको छ । केहिदिन देखि गरेको खोजतलासमा उक्त परिमाणका बन्दुकहरु फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार वन्यजन्तु तथा पशुपक्षीको अवैध सिकार नियन्त्रण गर्ने तथा जिल्लामा शान्ति सुरक्षा र हतियारसम्बन्धी गतिविधि माथि निगरानी बढाउने उद्देश्यले सञ्चालन गरिएको विशेष स्विप अपरेसनका क्रममा उक्त बन्दुक बरामद गरिएको हो ।

प्रहरीका अनुसार मंगलबार पैयूँ गाउँपालिका–६ स्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ६ थान अवैध एकनाले भरुवा बन्दुक फेला पारिएको हो । बरामद गरिएका सबै बन्दुक सुरक्षित रूपमा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हुवास, पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीले बरामद गरिएका बन्दुकको थप अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा प्रहरीले आफ्नो अनुसन्धान अगाडी बढाइराखेको प्रहरीले जानाकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा जिल्लाभित्र अवैध हतियार नियन्त्रण तथा वन्यजन्तुको अवैध सिकार रोक्न यस्ता निगरानी तथा अपरेसनलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज