एकीकृत सेवा कार्यालय पर्वतद्वारा सरोकारवालासँग अन्तरक्रिया

 

असोज२,पर्वत —

एकीकृत सेवा कार्यालय, पर्वतले आर्थिक वर्ष २०८३ र ०८४ मा सञ्चालन गर्ने कार्यक्रमका विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न गरेको छ ।
कार्यक्रममा एकीकृत सेवा कार्यालय, पर्वतका कार्यालय प्रमुख जीवन पौडेलले आर्थिक वर्ष २०८३ र ०८४ मा कार्यालयमार्फत सञ्चालन हुने विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । उहाँले कार्यालयका आगामी योजना, कार्यक्रमको कार्यान्वयन तथा सरोकारवाला निकायसँगको सहकार्यका विषयमा जानकारी गराउनुभएको थियो ।

अन्तरक्रिया तथा समन्वय बैठकमा विभिन्न संघसंस्था, सामाजिक क्षेत्र तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले कार्यालयबाट सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक समन्वय, सहकार्य तथा कार्यान्वयनका विषयमा छलफल गरेका थिए ।

कार्यक्रमको उद्देश्य कार्यालयबाट सञ्चालन हुने कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराउँदै सामाजिक विकास, उद्योग तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउनु रहेको जनाइएको छ ।

कार्यालयको आयोजना,गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । बैठकले आगामी कार्यक्रम सञ्चालनका क्रममा सम्बन्धित निकाय तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूबीच सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।   

सम्बन्धित समाचार

ताजा न्यूज