नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, उपभोक्ता तथा सेवाग्राहीमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
साथै ,चाडपर्वका बेला बजारमा वस्तु तथा सेवा खरिद गर्दा सचेत रहन एकीकृत सेवा कार्यालय, पर्वतले सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ। कार्यालयले सामानको उत्पादन तथा उपभोग्य मिति र मूल्य जाँच गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु खरिद नगर्ने, आधिकारिक बिल वा रसिद अनिवार्य लिने र कानुनबमोजिम दर्ता भएका विक्रेतासँग मात्र कारोबार गर्न अनुरोध गरेको छ।
सचेत उपभोक्ता, सुरक्षित समाज!
जीवन पौडेल, कार्यालय प्रमुख तथा सम्पूर्ण परिवार
एकीकृत सेवा कार्यालय, पर्वत
गण्डकी प्रदेश सरकार
