समाज रुपान्तरणको यात्रामा सचेत न्यूज……

यो प्रविधिको युग हो । प्रविधिको विकासक्रम सँगै मानिसको दैनिकी फेरियो, विश्व साघुरो हुँदै गयो, अनी भौतिक सम्बन्ध केही टाढिदै गयो । सञ्चार क्षेत्रमा आएको परिवर्तनले भौतिक रुपमा टाढा बनाए पनि मानसिक रुपमा भने निकट राख्न सफल भएको छ । प्रविधिको बिकासक्रम सँगै परिमार्जीत आम सञ्चार नागरिकको सहज र सरल पहुँचमा पुग्दै जाँदा टाढा भएको आभाष हुदैन् । पहिला जस्तो मानिस र सञ्चारको दूरी छैन अहिले । मानिसको अनुकुलतामा उपलब्ध हुन सफल भएको छ आम सञ्चार पनि ।

अनलाइन पत्रकारिता जसरी बिजुली गतिमा बिस्तार भइरहेको छ, यसले पत्रकारिता क्षेत्रलाई भने चुनौती थपेको छ । सूचनामा सहज पहुँच र प्रभावकारी माध्यम भएकाले यसको प्रयोग बढ्दो छ । सँगै सही सूचना तथा विश्वसनिय समाचारको खडेरी भने लाग्दै गएको छ । पत्रकारितमा ‘खोज’ र ‘सोध’ को परिभाषा नै परिवर्तन भएको छ । पत्रकारितालाई मागि खाने भाडोको रुपमा चित्रित गर्न खोजिएको छ ।

छापा प्रेसबाट सुरु आधुनिक सञ्चारको यात्रा डिजिटल मिडियामा आएर आफ्नो यात्रालाई विश्रासको अवसर दिएको छ । थाहा छैन् यसका अझै कति आयामको जन्म हुँदैछ । जे भए पनि आम सञ्चार नागरिकको सहज पहुँचमा पुगेको छ । यसको प्रभाव क्षेत्र पनि ब्यापक रुपमा बढेको पाउन सक्छौं ।

पछिल्लो समय इन्टरनेटको सहज पहुँचका कारण आम नागरिक डिजिटल मिडियामा आर्कर्षित छन् । घटनाको केही समयमा नै सम्पूर्ण जानकारी उपलब्ध हुने भएकाले डिजिटल मिडियाको लोकप्रियता र प्रभावकारीता ह्वात्तै बढेको छ । मल्टिमिडिया स्वरुपमा सञ्चालन गरिएका डिजिटल माध्यमका मिडियाहरु मानिसको अनुकुलतामा उपलब्ध हुन थालेपछि यसको प्रयोगकर्तामा बढोत्तरी भएको पाउन सकिन्छ । यही माध्यमको एउटा रुप हो अनलाइन पत्रिका ।

नेपालमा अनलाइन पत्रकारिताको इतिहास लामो छैन् । तर, छोटो समयमा प्रभावकारी सञ्चारको माध्यम बन्न सफल भएको छ अनलाइन पत्रकारिता । यसले आम सञ्चारका अन्य माध्यमलाई चुनौती मात्र थपेको छैन् । परिमार्जनसहितको प्रस्तुतिका लागि दबाव पनि सृजना गरेको पाइन्छ ।

अनलाइन पत्रकारिता जसरी बिजुली गतिमा बिस्तार भइरहेको छ, यसले पत्रकारिता क्षेत्रलाई भने चुनौती थपको छ । सूचनामा सहज पहुँच र प्रभावकारी माध्यम भएकाले यसको प्रयोग बढ्दो छ । सँगै सही सूचना तथा विश्वसनिय समाचारको खडेरी भने लाग्दै गएको छ । पत्रकारितमा ‘खोज’ र ‘सोध’ को परिभाषा नै परिवर्तन भएको छ । पत्रकारितालाई मागि खाने भाडोको रुपमा चित्रित गर्न खोजिएको छ । अनी पत्रकार केही सिमित स्वार्थ समूहको खल्तीका कलमको रुपमा विकास भइरहेका छन् । यसको मुख्य उत्पादन थलोको रुपमा डिजिटल मिडिया बनेको पाइन्छ ।

हो चुनौती नै चुनौतीको पहाड देख्दा देख्दै पनि हामी यही माध्यमको सहयात्री बन्ने प्रयास गरेका छौं । अनलाइन पत्रकारिताको क्षेत्रमा सचेत न्यूजको माध्यम मार्फत हामी आउने प्रयास गरिरहँदा हाम्रा अगाडी चुनौतीका चाङ हुनेछन् । हामी चुनौतीलाई अवसरमा बदल्ने संकल्पका साथ समाज रुपान्तरणको यात्रामा अविचलित अगाडी बढन दृढ छौं ।
धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज