पर्वतको जलजलाबाट अबैध काठ सहित मानिस पक्राउ


पर्वतको जलजजला गाउँपालिका वडा नं. २ साममारे बस्ने ४० वर्षिय एक पुरुषलाई अवैध काठ सहित प्रहरीले पक्राउ गरेको छ । जलजलाका अर्जुन बहादुर विश्वकर्मालाई सल्ला जातको चिरान काठ भण्डार गरेर राखेको अवस्थामा निजको घरबाट नै प्रहरीले मंगलबार पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा छानबिन गर्दा २९२ वटा सल्लाको चिरान काठ प्रहरी निरीक्षक प्रदिप पौडेलको कमाण्डमा खटिएको टोलिले बरामद गरेको थियो ।


सोही गाउँपालिका अन्तगर्तको वाड नं. १ मा रहेको देउराली सामुदायिक वनमा ठिग्रे सल्लाको काठ चिरान गरी बेवारिसे अवस्थामा थुपारीएको काठ पनि प्रहरीले नियन्त्रण गरेको छ । विशेष सुचनाको आधारमा काठ थुपारी राखिएको वनमा पुगि प्रहरीले चेकजाँच गर्दा काठ मेरो हो भनी कसैले पनि दावी गर्न नआएको हुँदा १७७ थान ठिग्रे सल्लाको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक एब्म सुचना अधिकृत राजेन्द्र अधिकारीले जानाकारी दिनुभयो ।
पक्राउ परेका विश्वकर्मा र बरामद गरीएको काठलाई कारवाहीको लागी डिभिजन बन कार्यालयमा बुझाइएको र बन कार्यालय पर्वत मार्फत पर्वत जिल्ला अदालत बाट १५ दिनको म्याद थप गरी अनुसन्धान भएको सुचना अधिकृत अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज