पर्वतको अर्मादी देखी बनौ सम्मको करिव १५ किलोमिटर सडक कालोपत्रेको काम तिव्र गतिमा अगाडी बढेको छ । पर्वतको रमणीय र भोलिको लागि धेरै खालका सम्भावना बोकेको ठाउँ बनौ सम्म पुग्ने यो बाटोमा कालोपत्रे बिच्छाउने काम भैरहेको हो ।
ग्रामीण सडक सञ्जाल आयोजना (आरसिआइपि) कार्यक्रमले विगत ३ बर्ष देखि निर्माण कार्य शुरु गरेको उक्त सडकमा बुधबार देखि कालोपत्रे विच्छाउने कामको शुरुवात हुँदैछ । कुश्मा नगरपालिकाको अर्मादी देखि खुर्कोट पाङ हँुदै जलजला गाउँपालिकाको बनौसम्म पुग्ने झण्डै १५ किलोमिटर सडकमा कालोपत्रे विच्छाउने कामको शुरुवात हुन लागेको बनौका वाड अध्यक्ष गौ बहादुर पुनले जानाकारी दिनुभयो ।
सडक निर्माण सम्पन्न गर्नुपर्ने मिति गुज्रे पनि अव केहि समयमा सडक निर्माण कार्य सकिने कार्यालयले जनाएको छ । सडक निर्माणको क्रममा कोभिड र मौसमी प्रतिकुलता भएका कारण निर्माण कार्य प्रभावित भएको थियो । यो सडक निर्माण भएपछि कुश्मा नगरपालिकाको २ वटा वडा र जलजला गाउँपालिकाको वाड नं. ९ बनौ पूणर् रुपमा लाभान्वित अध्यक्ष पुनको भनाई छ । कालोपत्रे नहुदाँ यस सडक बाट लाभान्वित हुने हजारौ नागरीकले दुख पाएको खुर्कोटका स्थानीय अगुवा एवम् समाजसेवि प्रेम प्रसाद रेग्मीले बताउनुभयो ।
राज्यले बजेट खर्चेर निर्माण कार्य अगाडि बढाएका विभिन्न खालका बिकासे आयोजनालाई कोरोनाले प्रभावित बनाएको छ । कोरोनाको तेश्रो लहर सम्म आइपुग्दा नेपाली नागरीक मात्रै होइन विश्वका अधिकाशं नागरिकहरु यसको शिकार हुन पुगेका छन् ।
बिगत तिन बर्ष अगाडी थालिएको अर्मादी बनौ सडक कालोपत्रे
