पर्वत,१२फागुन
नेपाल सरकारका अर्थमन्त्रि माननीय जनार्दन शर्मा ‘प्रभाकर’ ले अहिले सबै दल र देशमा नै चर्चामा रहेको एम सि.सि लाई राष्ट्रिय सहमतिमा पारित गर्नुपर्ने बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य संघको ४६ औँ स्थापना दिवस तथा ३९ औँ वार्षिक साधारण सभाको बिहिबार उद्धाटन गर्दै एमसिसी लाई एकल निणर्यमा नभै सवै दलको सहमतिमा नै अनुमोदन गर्ने वा नगर्ने भन्ने बिषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो ।
एमसिसीमा रहेका कतिपय बुँदाहरुलाई संसोधन गर्नु पर्ने र केहि दल बाट जस्ताको त्यस्तै पास गर्नुपर्ने तर्क आएका कारण यो बिषयमा गम्भिर रुपमा छलफल भएर अगाडी बढ्नु पर्ने धारणा मन्त्री शर्माले राख्नुभएको थियो ।
अर्थमन्त्री शर्माले ब्यवसायीका मागहरु पनि बिभिन्न खालका रहेको र ती मागहरु सम्बोधन तर्फ आफु लागेको बताउनुभयो । अहिले पुरा नभएका उद्योगि ,ब्यवसायीहरुको मागलाई आउने बजेटमा समाहित गराएर पुरा गर्न आफुले पहल गर्ने भनाई मन्त्री शर्माको छ ।
उहाँले फरक प्रसङ्गमा पर्वतको बिकासको लागि आफुले जस्तो सुकै पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पर्वतमा प्रविधियुक्त शभाहल , कुश्मा बजार र बागलुङको बलेवा जोड्ने गरी मोटरेवल पुल साथै कालिगण्डकी करिडोरको लागि आवश्यक बजेटको लागि आफुले सहयोग गर्ने भनाई अर्थमन्त्री शर्माले राख्नुभएको थियो । शर्मा बुधबार नै पर्वत आएर यहाँ रहेका साहसिक खेल बन्जि , जिपलाइन लगायत अन्य थुप्रै पर्यटकीय क्षेत्रमा घुुमेर रमाउनुभएको थियो ।
एमसिसी राष्ट्रिय सहमतिमा पारित गर्नुपर्छ ः अर्थमन्त्री शर्मा
