पर्वत,२० पर्वतको कुश्मा नगरपालिका वार्ड नं. ९ कटुवा चौपारीमा रहेको एक सामाजिक संस्था हेल्पिङ हर्ट द्धारा महाशिवरात्रीको अवसरमा पुलको मर्मत कार्य सम्पन्न गरेको छ । हजारौँको संख्यामा दिनहुँ मानिसहरु वारपार गर्ने पुललाई कसैले वास्ता नगरेकोले सामाजिक संस्थाको अग्रसरतामा कल्वका सदस्यहरु बाट पुल मर्मत कार्य गरेको संस्थाले जनाएको छ ।
पर्वत जिल्लामा पहिलो पटक निर्माण गरिएको कुश्मा देखी ज्ञादी जोड्ने झोलुङ्गे पुल अहिले जीणर् अवस्थामा पुगेको छ । १४ बर्ष पुग्दा पनि मर्मत सँभार नभएका कारण केहीहद सम्म भएपनि संरक्षण गरौँ भन्ने उद्धेश्यका साथ यो कार्यको थालनी गरेको संस्थाका अध्यक्ष राम सागर लामिछानेले जानाकारी दिए । उनका अनुसार पुल बनेको धेरै बर्ष भयो तर यसको मर्मत र संरक्षणको लागि कसैले पनि नजर नपुराएको हुदा सानै भएपनि श्रमदान गरेर पुलमा हालिएको फलामका जालि बिभिन्न ठाउँमा फुत्किएको हुदाँ त्यसलाई तारले बाधेर हुन सक्ने दुर्घटना कम गर्न आफ्नो संस्था लागि परेको बताए ।
हेल्पिङ हर्ट पर्वतले गरेको कामको प्रशंसा गर्दै नेपाली काङ्ग्रेस बाट निवार्चित कुस्मा नगरपालिका वार्ड ९का अध्यक्ष कृष्ण प्रसाद लामिछानेले आफु पनि संस्थाको योे कार्यमा साथ दिएको बताए । अध्यक्ष लामिछानेले पुलको मर्मत सँभारको लागि नगरपालिकामा पटकपटक कुरा उठाँउदा पनि आफ्नो कुराको कुनै सुनुवाई नभएको बताए । लामिछानले भने -“नगरपालिका हुनु भन्दा पुर्व नै पर्वतमा रहेका ६वटा पुललाई मर्मत स्वरुप बार्षिक ६/६ हजार रुपैँया बिनियोजन हुन्थ्यो तर कुश्मा नगरपालिका बनेपछि नगरपालिकाले नै रकम कटौति गर्र्यो र यसलाई कटौति गर्नु हुन्न भनेर आफुले आवाज उठाँउदा नगरपालिका बाट आफु एक्लिए ।” पुल मर्मतको लागि आवश्यक बजेट आफ्नो वार्डमा पनि नभएको र नगरपालिकामा गुहार्दा नगर प्रमुख रामचन्द्र जोशिले आफुलाई आश्वासन मात्र दिएको बताए । नगरपालिकाले बजार नजिकैको पर्यटकिय गन्तव्यलाई नै वास्ता नगरेकोमा स्थानियहरु समेत आक्रोसित भएका छन् ।
कुस्मा-ज्ञादी झोलुङ्गे पुलको लम्बाइ ३४४ मिटर र उचाइ १३५ मिटर छ । दुई करोड रुपियाँको लागतमा निर्माण भएको यो पुलले कुस्मामा पर्यटकीय गतिविधि बढाएको छ । पुलले स्थानीय तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । बिदा मनाउन आउनेदेखि विद्यालयको शैक्षिक भ्रमणको केन्द्रसमेत यो ठाउँ बनेको छ । यसरी दैनिक रुपमा नै धेरैको संख्यामा पुल अवलोकनका लागि मानिसहरु आउने हुदाँ जीणर् भएको पुल तत्कालै प्राविधीक ल्याएर नदेखाउने हो भने यहाँ ठुुलो दुर्घटना हुन सक्ने समाजसेवि युवा सुदिप लामिछानेको भनाई छ । पुलका कारण आर्थिक तथा पर्यटकीय चहलपहल बढेका स्थानियहरुको भनाई छ ।