काफलबोट देखि पिडाल्ना सम्मको सडक गिरीद्धारा उद्धाटन

फागुन २०, पर्वतः पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोट र वडा नं. ३ दुर्लुङमा पर्ने पिडाल्ना, भिराहथाप्ला, धारापानी, काफलबोट सडक उद्घाटन गरिएको छ । शुक्रबार यो सडकको नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेका हुन ।
उद्धाटन पश्चात बोल्दै गिरीले सडक, स्वास्थ्य सहित खानेपानी शिक्षा लगायतको क्षेत्रको विकासका लागि पनि आफूले आवश्यक पहल गर्ने बताए । यो ठाउँमा आफुले बिकासको लागि केही सुरुवात मात्रै गरेको र आउने दिनमा मानिसलाई चाहिने अत्यावश्यक सामाग्रीको लागि सधै हातमा हात मिलाउने प्रतिबद्धता समेत ब्यक्त गरे।


अहिले निर्माण भएको सडकले कृषकले उत्पादन गरेका उपजको बजारीकरणमा महत्वपूणर् सहयोग मिल्ने बताउँदै हरेक टोल टोलमा सडकको आवश्यकता पर्दै गएको उनको भनाई छ । गिरीले यातायातको सहज पहुँच पुगे सगैँ कृषिमा लागेर उत्पादित बस्तु वजार सम्म पुर्‍र्याएर आफुमै आत्मनिर्भर बन्न समेत सो अवसरमा आग्रह गर्नुभयो । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट करिव ५ किलोमिटर कच्चि सडक निर्माण सम्पन्न भएको हो ।
नागरिकको जीवनस्तरलाई माथि उठाउनको लागि जे गर्न सकिन्छ त्यसका लागि हाम्रो पहल हुने तर आवश्यकताको बारेमा नागरिकले सम्बन्धित ठाउँमा आवश्यक दबाब दिएको हुनुपर्ने अध्यक्ष गिरीको भनाई छ ।
उद्धाटन कार्यक्रमा प्रसंग बदल्दै गिरीले राष्ट्रिय सम्प्रभुतामा आँच नआउने गरी एमसीसी पारित गरिएका कारण आम नागरिकले स्वागत गर्नुपर्ने बताएका छन् । यसमा धरैले अनावश्यक भ्रम फैलाएको समेत बताएका छन् । व्याख्यात्मक रुपमा संसोधन गरेर संबिधान पारित गरिएका कारण त्यसले राष्ट्रियताको सवालमा असर नगर्ने उनको भनाई छ ।
अनवरत रुपमा आफ्नो गाउँको बिकास निर्माणमा दिन रात नभनी गाउँ ,समाज र देश बनाउनु पर्छ भन्ने मनसायका साथ लागेका युवा नेता मिनराज केसी अविरले उक्त सडकबाट खुर्कोट, दुर्लुङ, क्याङ, बाजुङका नागरिकले समेत लाभ लिने बताए । उद्धाटन कार्यक्रमको संचालन समेत गरेका अबिरलले सडक ,खानेपानी साथै शिक्षा स्वास्थ्य र कृषि क्षेत्र लगायत कुनै पनि आवश्यक कुराहरु बाट गाउँका मानिसहरु बन्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ आफु खटेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज