कृषक समुहलाई टनेल र बिउँ 

पर्वत,२४फागुन
पर्वतमा कृषक समुहलाई कृषि ज्ञान केन्द्र पर्वतले टनेल र बिउँ बितरण गरेको छ । कृषि क्षेत्रमा केहि गर्छु भनेर थालनी गरेका कृषकहरुलाई समुह,सहकारी मार्फत ज्ञान केन्द्रले बिभिन्न खालका अनुदानहरु दिदै आएको कार्यालयले जनाएको छ ।
ग्रामिण पोषण सुरक्षा कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई टनेल, बिउविजन, मौरीका गोला सगैँको घार साथै अन्य खालका बस्तुहरु बितरण गर्दै आएको कार्यालय प्रमुख मनिता थापाले जानाकारी दिनुभयो । उँहाका अनुसार प्याकेजका कार्यक्रम अन्तर्गत नपरेका जिल्लाका बिभिन्न ठाउँमा यसरी समुहमा आवद्ध बनाएर पोषण सुधार गर्ने उद्धेश्यका साथ यो कार्यक्रम चलाएको बताउनुभयो । थापा भन्नुहुन्छ, “पर्वतको मोदी गाउँपालीकाको क्याङ,जलजला गाउँपालीकाको बनौ छनोट गरेका छौ भने कुश्मा नगरपालिकाको वार्ड नं. २ र ३ मा पर्ने अलिकति बिकट मानिने बुडिस्वाँरामा करिव ५ लाँख बराबरको टनेल र बिउँ धौलागिरी कृषक समुहलाई बितरण गरिसकिएको छ । ६० जना कृषकले टनेल र बिउँ पाएको धौलागिरी कृषक समुहका अध्यक्ष मिन राज केसि अविरलको भनाई छ । अबिरलका अनुसार आफ्नो समुहलाई छनोटमा पारेर कृषि ज्ञान केन्द्रले जुन उद्धेश्यका साथ यो अनुदान दिएको छ त्यो उद्धेश्य पुरा गर्ने र गाउँलाई हराभरा बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।”
व्यवसायिक बन्ने र मुनाफा कमाउने भन्दा पनि घरेलु स्तरमा कृषि उपजहरु उत्पादन गरेर मानिस लाई चाहिने सन्तुलित पोषिलो आहारा पुर्ति गर्नका लागि यो कार्यक्रम संचालनमा आएको थापाको भनाई छ । “कुन समुहलाई दिने कसरी छनोट गरेर बितरण गर्ने भन्ने कुरा भेटेनरी,स्वास्थ्य र कृषि ज्ञान केन्द्रको एउटा छनोट समुह छ त्यो समुहले सुचना प्रकाशित गर्छ त्यो सुचना प्रकाशित भए पछि समुह सहकारी मार्फत परेका आवेदन उपर छलफल गरेर हाम्ले समुह छनोट गर्छौ थापाले बताउनुभयो । ” बितरण गरिएको टनेल र बिउँमा ९० प्रतिशत अनुदान कार्यालयले ब्यहोरेको छ भने १० प्रतिशत स्वयम कृषकको रहेको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लामा संचालन गरेको ग्रामिण पोषण कार्यक्रम पहिलो रहेको र यसको लागि प्रदेश सरकारले ३० लाख रुपैँया छुट्टाएको प्रमुख थापाले बताउनुभयो । यो कार्यक्रममा कम्तिमा पनि २० घरधुरी समेटिनु पर्ने छ भने पर्वतका सातै स्थानिय तहमा कार्यक्रम संचालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज