चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन ः ओली

 

 

काठमाडौं,२४फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निणर्यको विरोध गरेका छन् ।
ओलीले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् । आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निणर्य भएको उल्लेख गरेको थियो । तर ओलीले उक्त निणर्यको विरोध गर्दै भनेका छन्, ‘हरियो, सरियो हुँदैन ।’यस विषयमा ओलीले असन्तुष्टी व्यक्त गरेका छन् ।

‘धार्मिक हिसाबले राख्ने हो ? कि के हिसाबले हरियो चिह्न राख्ने ?’ नेपाली कांग्रेसको चुनाव चिह्नतिर इंगित गर्दै ओलीले भने, ‘अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ?’ निर्वाचन आयोगले साँच्चै हरियो राख्ने निणर्य गरेको भए सच्याउनुपर्ने शर्मा ओलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज